+
Search

ताजा अपडेट +

पपुलर +

चर्चित बन्यो तिज गीत ‘उजेली जुनेली’

4KNationalDaily
२०८० श्रावण ४, बिहीबार १४:०८ बजे

काठमाडौं– नेपाली लोकगीत क्षेत्रकी चर्चित गायिका भूमिका गिरीको नयाँ मौलिक तिज गीत यति बेला सामाजिक सन्जालमा निकै भाइरल बनिरहेको छ ।

आईतबार मात्रै सार्वजनिक भएको उक्त गित अहिले युट्युव, टिकटक, फेसबुक, इन्ट्राग्राम जस्ता प्लेटफार्महरुमा सर्बाधिक रुचाईएको छ ।

वैदेशिक रोजगारमा बसेर फर्किएकी चेली र त्यहाँ भोगेका कथाव्यथालाई ‘उजेली जुनेली’ नामक उक्त तिज गीत मार्फत देखाइएको छ ।

सार्वजनिक भएको केही दिनमा नै यस गीतमा सामाजिक सन्जालहरुमा लाखौँ भ्युज पुगेको छ भने दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् । मोडलिङ तथा गायनमा उत्कृष्ट प्रतिभा भएकी गिरी स्टेज ‘क्विन’ को रुपमा चिनिन्छिन् ।

उनलाई स्वदेश तथा विदेशमा हुने सांगितिकि कार्यक्रममा जान भ्याइ-नभ्याइ हुने गर्छ । सानै उमेरदेखि कला क्षेत्रमा लागेकी उनको दर्जनौँ गीतहरु निकै चर्चित छन् ।

गीतमा चर्चित गायिका गिरी सँगै सुनिता बुढा क्षेत्रीले पनि स्वर दिएकी छिन् ।

गीतमा नेत्र अर्यालको शब्द र खेम सेन्चुरीको लय संगित रहेको छ ।

वैदेशिक रोजगारीका लागि जान बाध्य हुने नेपाली समाजको युवा पुस्ताको वास्तविक चित्रण भएको गीतको म्युजिक भिडियोमा स्मृति तिलिल्सीनाले निर्देशन र नविन घर्ती मगरले सम्पादन गरेका हुन् ।

भिडीयोमा भुमिका गिरी, पुजन घिमिरे र दीप सागर फिचर्ड छन् ।

भिडीयो

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily