काठमाडौं– चर्चित कमेडी शाे ‘कमेडी क्लब विथ च्याम्पियन’ बन्द भएकाे छ ।
च्याम्पियनका प्रमुख विशाल भण्डारीले त्यसबारेमा जानकारी दिएका छन् ।
टिभी रियालिटी शो कमेडी च्याम्पियनमा प्रतिस्पर्धा गरेका प्रतिभाशाली कमेडीयनहरूलाई लिएर भण्डारीले यो शोको सञ्चालन गर्दै आएका थिए।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै भण्डारीले ६९ एपिसोडको यात्राले थकित टीमलाई केही समयका लागि ब्रेक लिन आवश्यक देखेको बताएका छन् ।
‘तर हामी छाटो विश्रामपछि रिचार्ज भई सुरूवाती ऊर्जामै फर्केर यहाँहरूलाई हाँसोको फोहरा छुटाउन अवश्य आउनेछौं,’ उनले लेखेका छन् ।
यसबीचमा यही टीमले कमेडी च्याम्पियनको सिजन ३ लिएर आउने पनि भण्डारीले जानकारी गराएका छन् ।
‘माया र साथ कायम रहोस्, हाँस्ने र हँसाउने क्रम जारी रहने छ’, उनले भनेका छन् ।
प्रतिक्रिया