+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकीकाे बजेट पारितकाे खुसियालीमा ‘अतिथि रिसाेर्ट’मा मुख्यमन्त्रीकाे रात्रीकालिन भाेज

4KNationalDaily
२०८० असार २३, शनिबार ०८:४८ बजे

पोखरा– गण्डकी प्रदेश सरकारको बजेट शुक्रवार पारित गरेको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि गत असार १ गते सार्वजनिक गरेको बजेट शुक्रवार बहुमतले पारित भएको हो।

बजेट पारित भएको खुसीयालीमा पोखराको चार तारे रिर्साेटमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले  रात्रिकालीन भोजको आयोजना गरेका छन् ।

नेपाली कांग्रेसका नेतासमेत रहेका पाण्डेले आर्थिक बर्सको अन्तिम समयमा ‘बजेट सक्न’ रात्रिकालीन भोजको आयोजना गरेको भन्दै आलोचनासमेत भएको छ  ।

पोखरा महानगरपालिका-६, को लेक साइडमा रहेको अतिथि रिसाेर्टमा  मुख्यमन्त्री पाण्डेले पार्टीको आयोजना गरेका हुन् । महँगो रिसाेर्टमा गएर असारको मुखमा बजेट खर्च गरेको भन्दै मुख्यमन्त्री पाण्डेकाे आलोचना भएको छ ।

सामाजिक सञ्जालमा लेख्दै एकले प्रश्न गर्दै भनेका छन्, ‘हाम्रा प्रदेशका मुख्यमन्त्रीलाई बजेट पारित हुँदैन भन्ने कति पिर रहेछ । पास हुने बित्तिकै पार्टी खुवाए त ।’

‘सत्तापक्षका सांसदलाई पाटीको नाममा चार तारे रिसाेर्टमा खर्च गर्ने पैसा जनताका छोराछोरी पढ्ने सामुदायिक विद्यालय सुधार्ने नीति बनाएको भए समृद्धि हाम्रै पालामा आउने थियो कि ?’ सामाजिक सञ्जालमा राखिएका तर्क भनिएको छ ।

गण्डकीमा नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका पाण्डे कांग्रेसभित्रका ‘विवादित’ पात्र हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily