काठमाडौं– मनकामना केबलकारको मासिक यात्रु सङ्ख्यामा नयाँ कीर्तिमान कायम भएको छ।
चालू आर्थिक वर्षको जेठ महिनामा झन्डै १ लाख ५० हजार यात्रुहरूले मनकामना केबुलकार मार्फत मनकामना यात्रा गरेका छन्।
यस वर्षको जेठ महिनामा २५ वर्षकै सबैभन्दा बढी यात्रुको कीर्तिमान कायम भएको छ ।
यसअघि आव २०७५/७६ मा ज्येष्ठ महिनामा नै एक लाख ३५ हजार २७२ को मासिक रेकर्ड थियो । जून यस आवको जेठ महिनामै तोडिएको छ ।
यसरी यस आवको जेठ महिनाको औसत प्रतिदिन यात्री चार हजार सात सय पुगेको छ । भारतीय यात्रीहरूको उल्लेख्य वृद्धि देखिएको छ ।
प्रतिक्रिया