गोरखा- पछिल्लो समय चर्चित गायक सन्दीप न्यौपाने र गायिका सहिमा श्रेष्ठको स्वर रहेको गीत नयाँ गित ‘पान पाते ओठ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
शेर साउदको निर्देशन रहेको उक्त गीतमा साउदकै शब्द र संगीत रहेको छ ।
भिडियोमा गायक सन्दीप र निर्देशक साउद साथमा निक्स शर्मा, बद्रीप्रसाद तिवारी र चर्चित मोडल भावना गुरुङको नृत्य देख्न सकिन्छ । गुरुङ लाई उक्त भिडियोमा फरक लुक्समा देखाइएको छ ।
गीतमा एचबीएन किस्मतको एरेन्ज, मिक्सिङ र मास्टरिङ छ । गीतको भिडियोमा नवराज उप्रेतीको छायाँकन रहेको छ भने नविन उप्रेतीको सम्पादन र मनोज कार्कीको जीएफएक्स तथा कलर रहेको छ ।
एलिस इन्टरटेनमेन्टको पोस्ट प्रोडक्सनमा तयार भएको म्युजिक भिडियो गायक न्यौपानेको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
गायक सन्दीपको यसअघि ‘लालुमै’, ‘सान्नानी’, ‘दिलमाया’लगायतका गीत चर्चित छन् । भने गायिका साहिमा श्रेष्ठको चलचित्र छक्का पन्जा ४ मा रहेको चर्चित गित दर्शन सलाम पनि भाइरल भएको छ ।
नयाँ गीत ‘पान पाते ओठ’लाई पनि युवा बृद सबैखाले दर्शक श्रोताले मनपराइदिनेमा पानपाते ओठ टिम आशावादी छन् ।
भिडियो
प्रतिक्रिया