काठमाडौं– लोकप्रिय गायक तथा सर्जक रविन लामिछानेको ‘भ्रष्टाचारीलाई किरा परोस’ सार्वजनिक भएको छ ।
गाेरखाका लामिछानेले उक्त गित आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेका हुन ।
समाजमा देखिने विकृति, विसङगती, भ्रष्टाचारी र कालोबजारीको विरुद्ध गित मार्फत सटिक र कडा प्रहार गर्ने गायकका रुपमा चिनिएका लामिछानेले समाजमा रहेको व्याप्त भ्रष्टाचार र वेथिती देखाएका छन् । गितमा नेताहरुलाई कडा व्यङ्ग्य गरिएको छ । ।
केही दिन अघि ‘भ्रष्टाचार नेता चाहिदैन, देश लुट्न पाईदैन’ भन्ने नारा सहित माइतीघर मण्डलामा यो गितको छायांकन भएको थियो ।
गितको दृश्यमा सामाजिक अभियान्ता, विद्यार्थी , अधिकारकर्मी तथा बौद्धिकवर्गलाई देखाईएको छ ।
भिडियो
प्रतिक्रिया