गोरखा– बारपाक सुलिकोट गाँउपालिका-२, बारपाकमा भ्यू टावर निर्माण भएको छ ।
पर्यटकीय गन्तव्य बारपाक घुम्न आउने पर्यटकलाई लक्षित गरी टावर निर्माण गरिएको हो ।
बारपाकको कोट डाडाँमा निर्माण भएको भ्यू टावर यसै बर्षको असार दोस्रो सातादेखी खुल्ला गरिने ईन्जिनियर अविनव गौतमले जानकारी दिए ।
उनका अनुसार टावरमा फलामको रेलिङ हाल्न र रंगरोगन बाँकी भएकोले असारको पहिलो हप्ता काम सकेर दोस्रो हप्ताबाट खुल्ला गर्ने याेजना छ ।
सिराइचुली निर्माण सेवाले ५४ लाख १३ हजार ३०७ रुपैयाँ ९ पैसा लागतमा निमार्ण गरिएको उक्त टावरको बाँकी काम भने उपभोत्ता समिति मार्फत गर्न लागिएको छ । टावरमा राखिने रेलिङको काम उपभोत्ता समिति मार्फत गर्न खोजिएको पालिकाले जनाएको छ ।
रेलिङका लागि करिब १५ लाख रुपैयाँ बिनियोजन भई सकेको र केही दिनभित्रैबाट कामको थालनी हुने उनले बताए ।
०७६ साल माघ २७ गते सम्झौता भएर काम थालेको उक्त टावर खुल्ला गरे संगै बारपाक र वरपरका दृष्यका साथै बौद्व हिमाल सहजै दृश्यावलोकन गर्न सकिने छ ।
प्रतिक्रिया