+
Search

ताजा अपडेट +

पपुलर +

छोरीको न्वारनमा बुबाले दिए सूर्यज्योतिको बिमा पोलिसी उपहार

4KNationalDaily
२०८० जेष्ठ १२, शुक्रबार १०:५० बजे

गोरखा-  गोरखा नगरपालिका १ ताप्ले बन्दिचौरकन श्रीकृष्ण बानियाँले छोरी क्रिश्माको न्वारानको अवसरमा बिमा पोलिसी उपहार दिएका छन् ।

उनले सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गोरखा शाखाबाट जारि सुर्याज्योति सुनौलो भबिष्य बाल जीवन बीमा योजना पोलिसी उपहार दिएका हुन।

बानियाँले छोरीको सुनिश्चित भविष्यका लागि न्वारानको अवसरमा ५ लाख रुपैयाको बिमा पोलिसी उपहार दिएका हुन्। सुर्यज्योती सुनौलो भबिष्य बाल जीबन बीमाको अवधि समाप्तिमा बिमांक रकम र बोनस सहित अतिरिक्त सुविधा रहेको गोरखााले जनाएको छ।

सानो सानो रकम जम्मा गरेर एकमुष्ट रकम जम्मा गर्नु नपर्ने साथै बीमाको माध्यमले बचत संगै जोखिम समेत बहन गर्ने तथा बिमा बचत गर्दा बच्चाको उच्च शिक्षा लगायत अन्य आवश्यकता पुरा गर्ने हुँदा यो बीमालेख छनौट गरी छोरीको भविष्य उज्वल होस भन्ने चाहनाले यो बिमालेख छनौट गरेको बुवा श्रीकृष्ण बानियाँले बताए ।

छोरीको उच्चशिक्षा तथा अन्य कुनै काम गर्दा आवश्यक पर्दा ठुलो रकम चाहिने भएमा पनि आफुले बीमालेख समाप्तिमा यो रकम प्राप्त गरि सो कार्यको लागि कोशे ढुङ्गा साबित हुने तथा आफ्नो बच्चाको उज्ज्वल भविष्य चाहने सम्पुर्णले आफ्नो बच्चाको जीबन बीमा गर्न अपरिहार्य रहेको पनि उनले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily