काठमाडौँ- गायिका सारिका घिमिरे नयाँ गीतका साथ स्रोता सामु आएकी छिन्। उनले यसै साता ‘हजारै जूनी’ बोलको गीत बजारमा ल्याएकी हुन्।
सार्वजनिक गीत सारिका आफैंले लेखेकी हुन्। गीतमा संगीत तथा संगित संयोजन योगेजकाजीको सुन्न सकिन्छ। पवन विकको मिक्सिङ र माष्टरिङ रहेको गीतको भिडिओ पनि सार्वजनिक भएको छ।
सार्वजनिक गीतको म्यूजिक भिडिओमा सारिका आफैंले अभिनय गरेकी छिन्। अनिलकुमार मानन्धरको निर्देशन र छायांकन रहेको भिडिओमा दिनशोन शाहको सम्पादन र कलर छ।
नायिकाका रुपमा आफ्नो परिचय बनाएकी सारिका पछिल्लो समय गायनमा सक्रिय रुपमा लागेकी छिन्।
भिडिओ
प्रतिक्रिया