गोरखा– मोडलिङ दुनियाँमा यति बेला नव कलाकारहरूको रुचि बढ्दो रूपमा रहेको छ । त्यसै गरी नव कलाकार पनि प्रशस्त छन् । एक पछि अर्को गरी एक्टिभ सुन्दर र प्रबल सम्भावना बोकेका थुप्रै नयाँ अनुहारका युवा युवती आइरहेका छन् ।
यसैबिच सानै उमेरदेखि अभिनय तथा नृत्यमा रुचि राख्ने र थुप्रै कार्यक्रम र प्रतियोगितामा सहभागी भएर उत्कृष्ट नतिजा देखाउँदै आएका नव मोडल हुन प्रिया तामाङ । भविष्यमा कुशल र सफल चर्चित मोडल तथा नायिका बन्ने सोच लिएर यस क्षेत्रमा प्रवेश गर्ने सोचाइमा छन् भने अहिले त्यसै अनुरूप मेहनत समेत गर्दै छिन ।
मोडलिङ क्षेत्र आफैमा एउटा राम्रो र सम्भावना बोकेको क्षेत्र हो, जहाँ बाट एउटा कलाकारले राम्रो अवसर पाउने माध्यम हो, अभिनय र नृत्य विधामा राम्रा सम्भावना बोकेका कलाकारहरूले यसैको माध्यमबाट विभिन्न अवसरहरू पनि पाइरहेको हुन्छन् भने देश विदेशको यात्रा गर्दै संसारमा चर्चित हुने अवसर पनि जुटाइरहेका हुन्छन् ।
यसै क्रममा मोडलिङ क्षेत्रलाई व्यावसायिक रूपमा अगाडी बढाउने सोचका साथ सम्भावना सहित पछिल्लो समयमा मोडलिङमा प्रवेश गरेकी हुन नव मोडल तामाङ ।
ओखलढुङ्गा जन्मथलो र काठमाडौँ लाई कर्मथलो बनाउँदै आएकी प्रियाले देश विदेशको यात्रा समेत गरिसकेको छन् । विभिन्न स्टेज कार्यक्रमहरूमा आफ्नो कुशल अभिनय तथा नृत्य प्रस्तुत गरिसकेका मोडल तामाङको बच्चा देखिकै चाहना भनेको मोडल तथा कलाकार बन्नु पनि थियो ।
नृत्य र अभिनयमा पोख्त आकर्षक सुन्दर सेक्सी शरीरको पनि धनी मिलेको शरीर अनि चक्लेटि मुहार र सेक्सी एन्ड बोल्ड लुस्स नै उनी प्रतिको आकर्षण हो । मिजासिलो स्वभाव सकारात्मक सोचको धनी सबै सङ्ग सजिलै घुलमिल हुन सक्ने तामाङको विशेषता हो ।
रोजगारीमा पनि व्यस्त रहेकी नायिका खेल र एक्सनमा पनि उतिकै सौखिन छिन । अहिले सम्म थुप्रै म्युजिक भिडियोमा काम गरी सकेकी उनले अझै नयाँ अफर आएका छन् तर उचित समय र राम्रो ब्यानरको लाई मात्र आफूले काम गर्ने योजनामा रहेका मोडल प्रिया भन्छिन् ‘कथा अनुसार’ जस्तो सुकै रोल र अभिनय गर्नलाई पनि सक्ने साहस र हिम्मत छ पक्कै गर्ने छु भन्ने उनको विश्वास छ ।
क्वालिटी भन्दा क्वालिटीमा कामलाई फोकस गर्न सकियो भने उपलब्धि मूलक हुने तामाङ बताउँछिन् ।
अहिले सम्म प्रेम सम्बन्धमा नरहेको बताउने उनी लाई प्रेम प्रस्ताव भने थुप्रै आउने गरेको छ । आफ्नो रोजाइको ब्वाई नै नभेटेकोले अझै सिङ्गल छु । प्रेम र सेक्सको बारेमा खुलेर बोल्न रुचाउने नायिका तामाङ भन्छिन् ” यो नियमित प्रक्रिया हो अनौठो मान्नु पर्दैन , इच्छा पर्छ मन मिल्छ भने सेक्स सामान्य हो जबरजस्त गरिनु अपराध हो ।
छिट्टै नै नयाँ प्रोजेक्टमा काम गर्ने लगभग निश्चित भएको छ सम्भव अर्को महिना बाट काम हुने पनि जानकारी गराए । आफ्नो कामले समय नपाइरहेकाले धेरै अफर लाई स्वीकार गर्न सकिएन अब भने केही कामलाई निरन्तरता दिने उनले बताए । भर्खरै मात्र नायक प्रिया अभिनीत नयाँ भिडियो बजारमा आएको छ भने युवा पुस्ताको रोजाइमा परेको पनि छ ।
भिडियाे
प्रतिक्रिया