काठमाडौं । सरोज अधिकारीको कन्सेप्ट तथा निर्देशनमा नयाँ म्युजिक भिडिओ ‘पानी पानी’ सार्वजनिक भएको छ ।
निर्देशन सँगसँगै अधिकारीले भिडिओमा पनि अभिनय गरेका छन । अधिकारीसहित भिडिओमा कलाकार आस्मा विश्वकर्मा र करिष्मा श्रेष्ठ फिचर्ड छन् ।
भिडिओमा त्रिकोणात्मक प्रेम कथालाई देखाइएको छ । सार्वजनिक गीतमा गायक समिर आचार्य र गायिका एलिना चौहानले स्वर दिएका छन् ।
आनन्द अधिकारीको शब्द रहेको गीतमा आशिष अभिरलले संगीत भरेका छन् । भिडिओमा टौवा क्रिएसनको पोष्टर डिजाइन, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ र पवन सुस्लिङको सिनेमाटोग्राफी रहेको छ ।
प्रतिक्रिया