+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकीको मुख्यमन्त्रीमा पाण्डे र चुमानकाे दावी, भन्छन्- भाेलीसम्म थाहा हुन्छ

4KNationalDaily
२०८० बैशाख ९, शनिबार २०:४९ बजे

काठमाडाैं- गण्डकी प्रदेशकाे मुख्यमन्त्रीमा नेपाली कांग्रेस र माओवादी केन्द्रले दावी गरेका छन् ।

शनिबार प्रदेशसभामा विश्वासको मत नपाएपछि एमालेबाट मुख्यमन्त्री बनेका खगराज अधिकारी पदमुक्त भए । अब नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेर सरकार बनाउँदैछन् ।

प्रदेशसभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस संददीय दलका नेता सुरेन्द्रराज पाण्डे र माओवादी केन्द्र केन्द्रका दल नेता हरि बहादुर चुमानले प्रदेश प्रमुखले छिटै सरकार गठनको आह्वान गर्ने र आइतबारसम्म नयाँ सरकार बन्ने बताएका हुन् ।

‘प्रदेश प्रमुखले संविधान अनुसार सरकार गठनको आह्वान गर्नुहुन्छ, दोस्रो कुरा भनेको गठबन्धन दलहरुबीचको सहमतिको कुरा हो’ पाण्डेले भने ।

अब संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको सहमतिमा मिलिजुली सरकार बन्छ कि १६८ (३) अनुसार ठूलो दलको नेताको हैसियतमा कांग्रेस संसदीय दलका नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्छन् भन्ने अन्योल छ ।

यससम्बन्धी प्रश्नमा पाण्डेले भने, ‘१६८ को धारा २, ३, ४ तिर म जान्न । प्रदेश प्रमुखले संविधान पढ्नुहुन्छ, उहाँले जे आह्वान गर्नुहुन्छ, त्यही अनुसार अगाडि बढ्छौं ।’

कहिलेसम्म नयाँ सरकार बन्छ भन्ने प्रश्नमा उनले भने, ‘मलाइ लाग्छ, भोलिसम्म बन्छ ।’

माओवादी नेता चुमानले कांग्रेस–माओवादीबीच मुख्यमन्त्रीमा आलोपालोको सहमति भएको र पहिलो पालोमा आफूहरुले पाउनुपर्ने बताए ।

‘शीर्ष नेताहरुको कुराकानीमा म आफूले बुझेको चाहिँ माओवादी केन्द्रले नै पहिलो पालो लोओस्, दोस्रो पालो कांग्रेसले लेओस् भन्ने कुरा भएको हो’ उनले भने ।

केन्द्रमा पनि पहिलो पालोमा माओवादीबाट प्रचण्ड प्रधानमन्त्री रहेको र पछिल्लो पालो मात्र कांग्रेसबाट प्रधानमन्त्री हुने उनले बताए ।

सरकार गठन प्रक्रियाका विषयमा केन्द्रबाट निर्देशन लिनै बाँकी रहेको पनि चुमानले बताए ।

‘हामी दलहरुबीच सरसल्लाह गर्ने कुरा, हामीले निर्देशन लिन पनि लिनुपर्छ निर्देशन लिने कुरा बाँकी छ’, उनले भने, ‘प्रदेश प्रमुखले आह्वान गर्नेबित्तिकै सरकार बनाउनेतिर लाग्छौं ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily