+
Search

ताजा अपडेट +

पपुलर +

‘एसईई प्रिन्सेज २०२३’ को अडिसनबाट १६ जना प्रतियोगी छानिए

4KNationalDaily
२०८० बैशाख ९, शनिबार १९:३७ बजे

काठमाडौँ– एसईई प्रिन्सेज २०२३ को पहिलो चरणको अडिसन सम्पन्न भएको छ । सिजन मिडियाले विगत १४ वर्ष देखि आयोजना गर्दै आएको उक्त प्रतियोगिताको यो १० औँ संस्करण रहेको छ । पहिलो छनौट चरणबाट १६ जना प्रतियोगीहरू छनौट भएका छन् ।

यस प्रतियोगितामा सहभागी छात्राहरुले उनीहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि गराउने, क्षमता उजागर गर्ने , नेतृत्वदायी क्षमताको विकासलाई सहयोग पुग्ने, उच्च शिक्षा अध्ययनमा सहयोगीको मुख्य भूमिका खेल्ने साथै फुर्सदको समयलाई मनोरञ्जनको मार्फत ज्ञान तथा सिप हासिल गर्न सहयोग पु¥याउने आयोजकको विश्वास छ ।

प्रक्रियाबाट छनौट भएका प्रतियोगीहरूलाई २०८० साल वैशाख ११ गत्तेबाट प्रशिक्षण दिइने छ ।

प्रशिक्षणको क्रममा मोडलिङ, फेशन सो, र्‍याम्प सो, शारीरिक फिटनेस,फोटो सेसन, कलेज भ्रमण, टेबल म्यानर, फोटोग्राफी शिक्षा, फुटसल प्रतियोगिता, सोसल मिडिया प्रयोग कसरी गर्ने लगायत विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरू, व्यक्तित्व विकास सम्बन्धी पनि प्रशिक्षण दिइने छ ।

स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विधामा कोरियोग्राफी रोजिन शाक्यले गर्नेछन् ।

यस कार्यक्रमको लागि ब्रान्ड प्रायोजकमा नामी कलेज,मुख्य प्रायोजकमा हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज रहेको छ भने प्रायोजकमा साउथ वेस्टन स्टेट कलेज ,रेडन कलेज, व्रिटिस कलेज आदिको सहयोग रहेको छ ।

आगामी जेष्ठ दोस्रो साता उत्त प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका विजेताले “एसईइ प्रिन्सेज २०२३ ) को ताज उपाधि सहित उच्च शिक्षामा १ लाख बराबरको छात्रवृत्ति लगायत अन्य गिफ्ट ह्याम्पर पाउने जनाइएको छ ।

त्यस्तै फस्ट रनर अप र सेकेन्ड रनर अपले भने उच्च शिक्षामा ५० हजार बराबरको छात्रवृत्ति साथै विभिन्न उपहारहरू पाउनेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily