+
Search

ताजा अपडेट +

पपुलर +

पुन: आमा बन्दै गरिमा पन्त, इन्स्टामा देखाइन् बेबी बम्प

4KNationalDaily
२०८० बैशाख ९, शनिबार १६:१८ बजे

काठमाडौं– अभिनेत्री गरिमा पन्त दोस्रो पटक आमा बन्ने भएकी छन्।

उनले बिहिबार आफ्नो सामाजिक सञ्जालमार्फत आफू दोस्रो पटक आमा बन्न लागेको जानकारी दिएकी हुन। छोरीसँगको एक तस्बिर शेयर गर्दै उनले लेखेकी छन, ‘तिमीले मेरो जीवन उज्याले बनाईदियौ।’

इन्ष्टाग्राममा पोष्ट भएको उक्त तस्बिरमा उनको ‘बेबी बम्प’ देखिएको छ। पछिल्लो समय अभिनयबाट टाढा रहेकी पन्तले २०७३ सालमा बेल्जियम निवासी हरि थपलियासँग विवाह गरेकी थिईन। २०७८ सालमा उनले पहिलो सन्तानको रुपमा छोरी(प्रिसा) लाई जन्म दिइन्।

हाल पन्त श्रीमानसँगै बेल्जियममा व्यवसाय गरिरहेकी छन्।

‘झोला’ पन्तको अभिनय करिअरकै उत्कृष्ट चलचित्र हो। सती प्रथालाई चित्रण गरेको चलचित्रबाट उनले राष्ट्रिय अर्वाडसमेत जितेकी थिइन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily