+
Search

ताजा अपडेट +

पपुलर +

गाेरखाका स्थानीय तहको बेरुजु १६ करोड ८७ लाख, धार्चेमा सबैभन्दा धेरै, शहिद लखनमा कम

4KNationalDaily
२०८० बैशाख ८, शुक्रबार २३:१२ बजे

गाेरखा- गाेरखाकाे एघार स्थानीय तहहरूकाे १६ करोड ८७ लाख ४ हजार रुपैयाँ बेरुजु देखिएको छ । सबैभन्दा बढी धार्चे गाउँपालिकाको रहेकाे छ भने सबैभन्दा कम शहिद लखन गाउँपालिका रहेकाे छ ।

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६०औं वार्षिक लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भएअनुसार २०७७/७८ को तुलनामा २०७८/७९ मा कूल बेरुजू रकम घटेको देखिए पनि बेरुजु अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बढेको छ ।

२०७७/७८ मा जिल्लाका स्थानीय तहरुको कूल बेरुजु रकम ५९ करोड ८५ लाख ६७ हजार रहेको थियो ।च

आर्थिक बर्षको बजेट तथा कार्यक्रमको लेखा परीक्षण गर्दा जिल्लाका ११ वटा पालिकामध्ये सबैभन्दा धेरै बेरुजु धार्चेमा र सबैभन्दा कम शहिदलखनमा देखिएकाे हाे । अघिल्लाे बर्षकाे तुलनामा अरू पालिकाकाे बेरूजु घटेकाे भएपनि आरुघाट गाउँपालिमा भने बढेकाे छ । आरुघाटमा अघिल्लाे बर्ष ९९ लाख ४३ हजार रहेकाेमा यस बर्ष १ कराेड १३ लाख ८३ पुगेकाे छ ।

महालेखा परीक्षकको कार्यालयद्वारा जारी ६० औँ वार्षिक प्रतिवेदनका अनुसार धार्चेमा १.८४ प्रतिशत बेरुजु रहेको उल्लेख छ भने शहिदलखनमा ०.५ प्रतिशत बेरुजु रहेकाे छ । गोरखा नगरपालिकामा १.८३ प्रतिशत, सिरानचोक गाउँपालिकामा १.४१ प्रतिशत बजेट तथा कार्यक्रम बेरुजु रहेको पाइएको छ ।

बारपाक सुलिकोट गाउँपालिकामा १.२७ प्रतिशत र चुमनुब्री गाउँपालिका १.१३ प्रतिशत बेरुजु देखाएको छ भने पालुङटार नगरपालिका १.१३ प्रतिशत, आरुघाटमा ०.८७ प्रतिशत, भीमसेन थापा गाउँपालिका ०.८३ प्रतिशत र गण्डकी गाउँपालिका ०.७१ प्रतिशत बेरुजु कायम भएको छ ।

अजिरकोट गाउँपालिका ०.६७ र शहिदलखन गाउँपालिका ०.५ प्रतिशत बेरुजु कायम भएको महालेखा प्रतिवेदनमा उल्लेख छ । बजेटका हिसावले भने सबैभन्दा धेरै गाेरखा नगरपालिकामा देखिएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily