+
Search

ताजा अपडेट +

पपुलर +

मुक्तिनाथ पुगेर सकियो केकी र सलोनको ‘जय हो’

4KNationalDaily
२०८० बैशाख ३, आईतवार २०:१५ बजे

काठमाडौँ– नेपाली फिल्म ‘जय हो’को छायांकन सकिएको छ। मुक्तिनाथमा अन्तिम सर्ट खिच्दै ३० दिनमा निर्माण टिमले फिल्मको सुटिङ सकेको हो। फिल्मको छायांकन कास्की र मुस्ताङका विभिन्न स्थानमा गरिएको हो।

टेक पौरखी राईको निर्देशनमा बनेको सिनेमामा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दीपा शाक्य श्रेष्ठ, सुबी मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठलगायतले अभिनय गरेका छन्।

सिनेमामा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, समीर मियाँको भीएफएक्स छ भने केबलमान सिङ बस्नेत प्रोडक्सन म्यानेजर छन्।

सुरेश न्यौपानेको कथा लेखन रहेको सिनेमामा सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ। कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहको सिनेमा आगामी भदाै ८ अर्थात् अगस्ट २५ मा रिलिज गरिने निर्माण टिमले जानकारी गराएको छ।

सलोन सलिना फिल्मस्‌को ब्यानरमा निर्माण भएको सिनेमाको निर्मातामा राज के अधिकारी र सुरज सरकार छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily