काठमाडौ– सुरक्षा पन्तको मुख्य भूमिका रहेको चलचित्र ‘बहाब’ शुक्रबारबाट हलहरूमा रिलिज हुँदैछ । शालिन छविकी नायिकाले यस चलचित्रमा दिएको एउटा बोल्ड सिनले दर्शक ‘सक्ड’ हुन सक्छन् ।
प्रमोद कँडेल निर्देशित चलचित्रको बुधबार पहिलो प्रिमियर गरिएको थियो । जसमा कलाकारदेखि पत्रकार र राजनीतिकर्मीदेखि विद्यार्थीसम्म उपस्थित थिए ।
चलचित्र सुरु हुनासाथ किस सिन आएपछि हलभित्र खल्बली उत्पन्न भयो । प्रेमीसँग सुरक्षाको करिब १८ सेकेन्ड लामो ‘टङ किस’ देखाइँदा दर्शकले हुटिङ गरेका थिए ।
मूलधारका नेपाली चलचित्रमा यस्तो हट किस दुर्लभ नै हुन्छ । बोल्ड भनिने नायिकाहरु पनि टङ किस दिन हच्किने गर्छन् । सुरक्षाबाट त यस्तो अपेक्षा नै थिएन । उनले यसअघि कुनै पनि चलचित्रमा टङ किस गरेकी थिइनन् । यो उनको मात्र नभएर नेपाली चलचित्रमा अहिलेसम्मकै लामो टङ किस भएको निर्माण पक्षले दाबी छ ।
यो दृश्य सुटिङ गर्न पनि सहज भएन । प्रेमीको भूमिकामा रहेका कलाकार नयाँ भएकाले उनी झनै नर्भस थिए । एक टेकमै ओके गर्ने पूर्वसमझदारी भएर सुटिङ गरिएको हाे ।
प्रतिक्रिया