काठमाडौं– अभिनेत्री साम्राज्ञी शाह बिदा मनाउन यतिबेला थाइल्याण्डको राजधानी बैंककमा छिन् ।
केही दिनदेखि उनी थाइल्याण्डका आकर्षक समुन्द्री टापुहरुमा रमाउँदैछिन् । उनले क्रुजदेखि घुमघामका आकर्षक तस्वीर इन्स्टाग्राममा सेयर गरेकी छन् ।
संसारका विभिन्न थरी परिकार पाइने चर्चित चाइना टाउनदेखि फिफी टापुमा क्रुज यात्रा गरेको मुडमा उनी छिन् ।
विकिनी पहिरनमा उनी हट देखिएकी छन् । लगातार बैंकक घुमघामका तस्वीर सेयर गरिरहेकी साम्राज्ञीले थाइल्याण्ड भ्रमणबारे विस्तृत खुलाएकी छैनन् । उनको बैंकक भ्रमण विशुद्ध छुट्टी मनाउने जस्तो देखिन्छ । उनको तस्वीरमा पोस्ट गर्दै फ्यानले प्रतिक्रिया दिइरहेका छन् ।
साम्राज्ञीको पछिल्लो फिल्म ‘ह्यारीकी प्यारी’ले बक्स अफिसमा अपेक्षित प्रदर्शन गर्न सकेन । निर्माण तयारीमा रहेको फिल्म ‘नांगो गाउँ’ उनको आगामी प्रोजेक्ट हो ।
प्रतिक्रिया