+
Search

ताजा अपडेट +

पपुलर +

सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने एमालेको निर्णय

4KNationalDaily
२०७९ फाल्गुन १३, शनिबार ११:१८ बजे

काठमाडौं- नेकपा एमालेले राष्ट्रपति पदका लागि सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बिहान ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले राष्ट्रपतिमा नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

आज बसेको पार्टी सचिवालय वैठकले सो निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिएका छन् ।

उनलेले आजै नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा आफनो उम्मेदवारी दर्ता गर्नेछन् ।

यस्तै आठ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार रहेका छन् । पौडेललाई कांग्रेसले राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय आजै बसेको कार्यसम्पादन समितिको बैठकले गरेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily