काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आज एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पाेखरेलसँग तत्कालीन नेकपा ब्यूँताउने प्रस्ताव राखे ।
त्यसभन्दा अगाडि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालसँग यस विषयमा कुरा गरेको थिए ।
स्रोतका अनुसार एमाले र एकीकृत समाजवादीबीच एकता प्रयास भइरहेको सम्वन्धमा नेपालसँग प्रचण्डले जिज्ञासा राखेका थिए । नेपालले यस विषयमा सकारात्मक जवाफ दिएपछि प्रचण्डले नेकपा नै ब्यूँताउने अफर गरेका हुन् ।
‘तपाईं मात्र एमालेसँग मिलेर हुन्न नि, म पनि त मिल्नुपर्यो,’ प्रचण्डको भनाइ उद्वृत गर्दै स्रोतले भन्यो, ‘अब नेकपा नै ब्यूँताउँ, तपाईं राष्ट्रपति बन्नुहोस् ।’
प्रचण्डको सो प्रस्तावपछि नेपालले एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलसँग भेटेका हुन् । साथै, नेकपा एसका अन्य नेताहरु पनि एमालेसँग सवादमा जुटेका छन् । केही नेताहरुले आजै एमालेको पार्टी कार्यालयमा गएर कुराकानी गरेको समेत स्रोतले बतायो ।
पछिल्लो यही विकासक्रमले गर्दा आज हुने भनिएको तत्कालीन पाँच दलीय गठबन्धनको बैठक हुन सकेन । अहिले माओवादी, नेकपा एस र जसपाबीच छलफल भइरहेको छ ।
प्रतिक्रिया