+
Search

ताजा अपडेट +

पपुलर +

डिशहोमको नयाँ कनेक्सन मात्र २९९९ मा

4KNationalDaily
२०७९ फाल्गुन ७, आईतवार १५:१७ बजे

काठमाडौं– डिशहोमको नयाँ कनेक्सन अब मात्र २९९९ मा जडान गर्न सकिने भएको छ। डिशहोमले आफ्नो ग्राहकहरूलाई अझै बढी सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले यो छुट योजनाका ल्याएको हो। साथै एक वर्षको रिचार्ज गर्दा २४ महिना टिभी हेर्न पाइने अफरसमेत सञ्चालन गरिरहेको छ।

डिशहोमका डिलरहरूमार्फत् फण्ड ट्रान्सफर तथा अनलाईन माध्यमबाट वार्षिक रिचार्ज गर्दा विक्ली लक्की ड्रमा भाग लिने अवसर प्राप्त हुनेछ र हरेक साता १ जना भाग्यशाली ग्राहकहरूले नगद एक लाख नगद उपहार यस अफरमार्फत् जित्न सक्नेछन्।

यस्तै डिशहोमको नियमित रिचार्जमा २० प्रतिशतसम्म बोनस पाउन सकिन्छ। डिशहोमका डिलरहरूमार्फत् फण्ड ट्रान्सफर वा रिचार्ज कार्ड बाट मात्र रिचार्ज गर्दा १ महिना वा एक हजार रुपैयाँभन्दा कमको रिचार्जमा ५ प्रतिशत, १००० को रिचार्जमा १० प्रतिशत बोनस र २ हजार को रिचार्जमा २० प्रतिशत बोनस, ३ महिनाको रिचार्जमा १ महिना बोनस, ६ महिनाको रिचार्जमा ३ महिना बोनस प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

नेपाल भर रहेका डिशहोमका डिलर, तथा सव डिलर बिक्रेताहरू मार्फत ग्राहकहरूले फण्ड ट्रान्फरबाट वार्षिक रिचार्ज गरी थप बोनस योजनामा सहभागिता जनाउन सकिनेछ । साथै रिचार्ज कार्डबाट पनि बोनस प्राप्त गर्न सकिनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily