+
Search

ताजा अपडेट +

पपुलर +

ग्राहकको अनुमतिबिना सेवा शुल्क लिने बैंकले १० प्रतिशत थपेर खातामा जम्मा गर्नुपर्ने

4KNationalDaily
२०७९ फाल्गुन २, मंगलवार १७:१४ बजे

काठमाडौं– ग्राहकको अनुमतिबिना बैंक तथा वित्तीय संस्थाले सेवामा शुल्क लिए बैंकहरूले सो शुल्कमा १० प्रतिशत थपेर ग्राहकको खातामा जम्मा गरिदिनुपर्ने भएको छ।

सोमबार एक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले उक्त व्यवस्था लागू गरेको हो।

साथै, खातावालाहरूलाई पनि आफूले नमागेको यस्तो सुविधावापत बैंकहरूले शुल्क लिएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको वेबसाइटमा उपलब्ध गुनासो अधिकारीसमक्ष गुनासो दर्ता गर्न भनिएको छ।

यसरी दर्ता गरिएको गुनासोमा सुनवाइ नभए राष्ट्र बैंकको वित्तीय ग्राहक संरक्षण इकाइमा जानकारी गराउन समेत भनिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily