+
Search

ताजा अपडेट +

पपुलर +

एनआईसी एशिया बैंकका ग्राहकलाई ब्लुबर्ड इन्टरनेशनल क्लिनिकमा विशेष छुट

4KNationalDaily
२०७९ माघ ६, शुक्रबार १०:३१ बजे

काठमाडौँ– एनआईसी एशिया बैंकका कर्मचारी, कर्मचारीका पारिवारिक सदस्य तथा ग्राहकले थापाथलीस्थित ब्लुबर्ड मलमा रहेको ब्लुबर्ड इन्टरनेशनल क्लिनिकमा विशेष छुट पाउने भएका छन्।

दुई संस्थाबीच व्यावसायिक सहकार्यसम्बन्धी सम्झौता भएको हो।

सम्झौतामा ब्लुबर्ड क्लिनिकका तर्फबाट मेनेजर जितेन्द्र करणजित र बैंकका तर्फबाट चिफ लाइफस्टायल बैंकिङ युनिभर्स श्यामप्रसाद लामिछानेले हस्ताक्षर गरेका छन्।

योसँगै बैंकका कर्मचारी, कर्मचारीका पारिवारिक सदस्य र ग्राहकले क्लिनिकमा उपलब्ध सेवाहरुमा विशेष छुट पाउनेछन्। क्लिनिकले विभिन्न स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily