+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेसबारे ओली : जालझेल भए विश्वासको मत माछा नभएको खोलामा ढोक्सा फ्याँके जस्तै होला

4KNationalDaily
२०७९ पुष २६, मंगलवार १५:५५ बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मतप्रति आशंका गरेका छन्।

मंगलबारको संसदको बैठकमा प्रधानमन्त्रीले मागेको विश्वासको मतको पक्षमा धारणा राख्दै ओलीले कांग्रेसलाई विश्वासको मत दिएर जालझेल नगर्न सचेत गराए।

‘नेपाली कांग्रेसले समर्थन जनाइसकेको छ, यदि यो समर्थनभित्र सदाशयताबाहेक, अरु कुरा छैन भने, यदि यो समर्थन कुनै जाल होइन भने, यो समर्थन कुनै ढोक्सा होइन भने, स्वागतयोग्य छ,’ अध्यक्ष ओलीले भने, ‘ढोक्सा हो भने जाल हो भने म भन्न चाहन्छु माछा नभएको खोलामा फ्याकेजस्तै हुनेछ जाल। केही यसभित्र भोलिका निम्ति अरुखालका कुरा सोचिएको छ भने, ढोक्सा रित्तै हुनेछ किनभने त्यस खोलीबाट त्यो ढोक्सा थापेतिर कुनै माछा बग्नेवाला छैन।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily