+
Search

ताजा अपडेट +

पपुलर +

क्रिप्टो, बिटक्वाइनजस्ता अवैध कारोबारका साइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणको निर्देशन

4KNationalDaily
२०७९ पुष २५, सोमबार १६:२७ बजे

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवालगायत गैरकानुनी काम र आर्थिक अपराधसँग जोडिएका वेबसाइट एप र अनलाइन सञ्जाललाई ‘ब्लक’ गर्न निर्देशन दिएको छ ।

सोमबार इन्टरनेट सेवा प्रदायकहरूलाई एक निर्देशन जारी गर्दै प्राधिकरणले नेपालमा मौद्रिक उपकरणको रूपमा कानुनी मान्यता नदिएको भर्चुअल करेन्सी र नेटवर्क मार्केटिङ लगायत डिजिटल प्रविधिको प्रयोग गरी हुने कारोबार हालका दिनमा बढ्दै गएको बताएको छ ।

गैर कानुनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट, एप र अनलाइन सञ्जाललगायत भर्चुअल माध्यमहरू नेपालभित्र प्रयोग, संचालन र व्यवस्थापन गर्न नेपालबाट पहुँच पुग्न नसक्ने व्यवस्था गर्न सबै इन्टरनेट (इमेल सहित) सेवा प्रदायक संस्थाहरूलाई नेपाल दूरसञ्चार प्राधिकरणबाट निर्देशन जारी गरिएको प्राधिकरणले बताएको छ ।

‘प्राधिकरणबाट जारी गरिएको निर्देशनको पालना नगरेको पाइएमा ऐनबमोजिम कारवाही हुने व्यहोरासमेत सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ प्राधिकरणले सूचनामा भनेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily