+
Search

ताजा अपडेट +

पपुलर +

सत्ता गठबन्धनमा मिल्यो भागवण्डा, कुन पार्टीलाई कुन प्रदेश ?

4KNationalDaily
२०७९ पुष २४, आईतवार २२:०० बजे

काठमाडौँ- आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक सकिएको छ।

बैठकमा प्रदेश सरकार गठनको बाँडफाँट टुंगिएको छ । बैठकमा बाँकी रहेका ६ वटा प्रदेशमा सरकार गठनको बाँडफाँट टुंगिएको हो ।

बैठकमा गण्डकी र लुम्बिनीमा एमालेले सरकार बनाउने, वागमती र सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो गर्ने, मधेस प्रदेशमा जसपा र जनमतले आलोपालो सरकार बनाउने र कर्णालीमा माओवादीले सरकार बनाउने सहमति भएको हाे ।

आइतबार प्रदेश १ मा भने नेकपा एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउत सहभागी रहेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily