+
Search

ताजा अपडेट +

पपुलर +

नेपाली सेनाको ‘एकीकरण पदयात्रा’ शुभारम्भ

4KNationalDaily
२०७९ पुष २१, बिहीबार २१:५४ बजे

गाेरखा- गोरखा-काठमाण्डौं एकीकरण मार्गमा सेनाको पदयात्रा आजबाट सुरु भएको छ । राष्ट्रिय एकता दिवसको पूर्व सन्ध्यामा गोरखामा रहेको नेपाली सेनाको रिपुमर्दन गणका जवानहरुले आजबाट पदयात्रा शुरु गरेका हुन् ।

बिहीवार गोरखा दरवारको हनुमान भञ्याङ चौताराबाट शुरु भएको पदयात्रामा गणका उपसेनानी बम बोगटीको नेतृत्वमा ३० जनाको टोली सहभागी भएको गणपती हेमराज विष्टले जानकारी दिए ।

नेपालको राष्ट्रिय झण्डा, टर्च र पृथ्वी नारायण शाहले तत्कालिन समयमा खडा गरेको नेपाली सेनाको पहिलो ५ कम्पनी -श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्द बहादुर र सवुज गणका झण्डाहरु लिएर पदयात्राको सुरु गरेको हो । पृथ्वी नारायण शाहकालिन पोशाकमा बाजागाजा सहित टोलीले काठमाण्डौंसम्मको यात्रा तय गर्ने सेनाले जनाएको छ ।

गोरखा दरवारबाट शुरु भएको यात्राले धादिङ, नुवाकोट हुदै पौष २७ गते काठमाडाैं पुग्ने छ । ‘यात्रारत टोलीले गोरखा नगरपालिकाको भीमसेन पार्क हुदै ताप्ले, भीमसेन थापा गाउँपालिको अश्राङ, बोर्लाङ हुदै भीमसेन थापा र शहिद लखन गाउँपालिकाको सिमाना रहेको बुंकोटघाट पुगेर धादिङको शिवदल गणलाई टर्च र झण्डा बुझाउने छ ।

धादिङको टोलिले नुवाकोटको जवरजंग गणलाई बुझाउछ भने नुवाकोटको टोलीले काठमाडाैंको कालिध्वज गणलाई बुझाउने छ । काठमाडाैंको टोलीले पुष २६ गते बालाजु बाइपासमा रहेको सार्दुलजंग गुल्ममा टर्च र झण्डा हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ । उक्त टर्च र झण्डा सेनाको मुख्यालय हुदै पुष २७ गते हनुमान ढोका पु¥याएर टुगिंने छ ।

तात्कालिन समयमा नेपाल एकिकरण बखत राजा शाह र उनका सेनाहरुले प्रयोग गरेको पदमार्ग, कोट, गणी र किल्लाहरुलाई सम्वद्वधन तथा प्रवद्वधन गर्ने उद्वेश्यका साथ सेनाले हरेक बर्षदेखि पदयात्राको कार्यक्रम गर्दै आएको हो ।

पदयात्रामा सहभागी टोलीलाई बिहीवार एक कार्यक्रमका बिच सेनाका पश्चिम पृतना मुख्यालयलका पृतनापति उपरथी दिपक कुमार वानियाँ र नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगरले संयुक्त रुपमा उपसेनानी बोगटीलाई टर्च र झण्डा हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily