+
Search

ताजा अपडेट +

पपुलर +

सेञ्चुरी कमर्सियल बैंक र प्रभु बैंकले पाए मर्जरमा जान स्वीकृति

4KNationalDaily
२०७९ पुष १८, सोमबार २०:१३ बजे

काठमाडौँ– प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक मर्जरमा जान स्वीकृति पाएका छन्। सोमबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले यी दुवै बैंकलाई मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरेको हो।

यी दुवै बैंकको एकीकृत कारोबार यही महिनामा गर्ने गरि मर्जर प्रक्रिया अघि बढेको छ। अब कम्पनी रजिस्टारको कार्यालयबाट स्वीकृति लिनुपर्ने छ।

मर्जर पछि चुक्ता पुँजी २२ अर्ब बढी हुनेछ। बैंकको सीईओ अशोक शेरचन हुने छन्। त्यस्तै डेपुटी सीईओमा मनोज न्यौपाने रहने सहमति छ।

मर्जपछि बन्ने सञ्चालक समितिमा प्रभु बैंकको तर्फबाट ४ जना र सेञ्चुरीको तर्फबाट ३ जना रहने मर्जर सम्झौतामा उल्लेख छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily