+
Search

ताजा अपडेट +

पपुलर +

शीतल निवासमा सँगसँगै देखिए ओली र माधव नेपाल, हाेला त पार्टी एकता !

4KNationalDaily
२०७९ पुष ११, सोमबार १६:५२ बजे

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल सँगसँगै देखिएका छन् । नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथग्रहण समारोहमा ओली र नेपाल सँगसँगै देखिएका हुन् ।

शपथ ग्रहणका क्रममा पूर्वप्रधानमन्त्रीहरुका लागि व्यवस्था गरिएको कुर्सीमा उनीहरु सँगै बसेपनि भलाकुसारी गरेको भने देखिएन ।

नेकपा एमाले विभाजन गरेर नेपालले एकीकृत समाजवादी बनाएपछि दुई नेताबीच कटुतापूर्ण सम्बन्ध रहँदै आएका छ । उनीहरुले मञ्च सेयर समेत बिरलै गर्ने गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily