+
Search

ताजा अपडेट +

पपुलर +

गोरखाको रानीवन मतदानस्थल नजिकै शंकास्पद वस्तु भेटियो

4KNationalDaily
२०७९ मंसिर ४, आईतवार ०९:१९ बजे

गोरखा– गोरखाको एक मतदान स्थल नजिकै शंकास्पद वस्तु फेला परेको छ ।

गोरखा नगरपालिका-८ रानीवनस्थित द ओल्ड क्यापिटल माध्यमिक विद्यालयमा रहेको मतदानस्थलदेखि ६५ मिटर टाढा तार जडान गरिएको कुकर भेटिएको प्रहरीले जनाएको छ ।

‘कुकरमा तार जडान गरेर टेपले बाँधेको छ,’ प्रहरी निरिक्षक हिमनाथ घिमिरेले भने । उनका अनुसार बिहान सवा ६ बजे उक्त शंकास्पद वस्तु देखिएको थियो ।

अहिले नेपाली सेनाको डिस्पोजल टोलीसहित सशस्त्र र जनपथ प्रहरीको थप टोली समेत सो स्थानमा खटिएका छन् । उक्त मतदान स्थलमा मतदान भने जारी रहेको बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily