+
Search

ताजा अपडेट +

पपुलर +

मलामी गएका एक पुरुष दरौँदी र मस्र्याङदीको दोभानबाट बेपत्ता

4KNationalDaily
२०७९ श्रावण ३१, मंगलवार १७:५५ बजे

गोरखा– मर्स्याङ्दी र दरौदी नदिको दोभान रामशाह घाटमा आज शव जलाउन गएका १ जना पुरुषलाई नदीले बगाउदा बेपत्ता भएका छन् ।

गोरखा नगरपालिका १३ देउराली सिम्ले फाँटका ५५ बर्षिय भुवनबहादुर अधिकारीलाई दरौदी र मर्याङ्दी नदिले बगाएको हो ।

बेपत्ता अधिकारीको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । अधिकारीको खोजीका लागि जिल्ला प्रशासन कार्यालय गोरखाको समन्वयमा चितवनको कुरिनटारमा रहेको बिपत ब्यवस्थापन तालिम शिक्षालयबाट गोताखेरको टोली परिचालन गरिएको छ ।

नेपाल प्रहरी र सशत्र प्रहरीको गोताखोर टोलीले तनहुँको आँबुखैरेनीदेखी मुग्लीनको त्रिशुली नदी वरपर खोजी गरिरहेको बेपत्ता हुने अधिकारीको आफन्त रिक्त ब. बानियाँले जानकारी दिए ।

शव जलाएर मलामी फर्कने क्रममा अधिकारीले मुख धोएर आउछु भन्दै नदी भित्र छिर्ने बित्तिकै पानीको वहावले बगाएको थियाे । ‘दरौदी र मस्र्याङदी नदीको भंगालोले बगाएर बिच भागमा पुरयाए पनि उनी एक पटक उठेको तर पुनः पानीले बगाए’ उनले बताए ।

बेपत्ता अधिकारीको खोजी कार्य जारी रहने जिप्रका गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी लीलाराज लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily