+
Search

ताजा अपडेट +

पपुलर +

फेरि ह्वातै बढ्यो कोरोना, एकै दिन भेटिए १०२ संक्रमित

4KNationalDaily
२०७९ असार २५, शनिबार १८:१० बजे

काठमाडौं- पछिल्लो २४ घण्टामा थप १०२ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा २६१५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर संक्रिय संक्रमितको संख्या ६०५ पुगेको छ ।

१५३९ पीसीआर परीक्षणमा ७२ र एक हजार ७६ एन्टिजेन परीक्षणमा ३० जना गरी १०२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ३१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily