+
Search

ताजा अपडेट +

पपुलर +

माओवादी बैठकमै मात्रिकाले भने- ‘म अन्तर्घाती बैठकमा छु, छानबिन होस्’

4KNationalDaily
२०७९ असार २०, सोमबार १९:२९ बजे

काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता मात्रिका यादवले मधेस प्रदेशमा स्थानीय चुनावमा अन्तर्घात भएको र आफूमाथि समेत सो आरोप लागेको भन्दै छानबिनको माग गरेका छन् ।

केन्द्रीय समिति बैठकमा प्रचण्डको प्रतिवेदनमाथि सुझाव दिने क्रममा नेता यादवले मधेसमा नारायणकाजी र गिरिराजमणि पोखरेलसमूहले माओवादी आन्दोलन सिद्ध्याएको आरोप लगाए ।

स्थानीय चुनावमा मधेसमा माओवादी नराम्ररी हार्नुमा पनि यही कारण रहेको उनको भनाइ थियो ।

यादवले भने– ‘यहाँ अन्तरघातीहरु पनि उपस्थित छन् भन्ने कुरा आयो, मैले पटक पटक छानबिन होस भनेर माग गरेको तर छानबिन भएन । अहिले पनि म अन्तर्घाती छु । अन्तर्घाती भएर बैठकमा छु । यसरी कसरी पार्टी चल्छ ?’

यादवमाथि स्थानीय चुनावमा अन्तर्घात गरेको आरोप छ । यादवले अहिलेको सरकार गठबन्धनको नभएर कांग्रेसको सरकार भएको भन्दै उनले जसले नेतृत्व गर्‍यो उसैको सरकार हुने दाबी गरे ।

यादवले भने– ‘हामी गठबन्धनको सरकार भन्छौ, तर जसले नेतृत्व गर्‍यो उसकै सरकार हो । यही गठबन्धनकै सरकार हो भने भोलि जनयुद्धको सहिदलाई, सहिद घोषणा गरियोस् ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily