+
Search

ताजा अपडेट +

पपुलर +

स्वास्थ्यमन्त्री खतिवडाको चुनौती : २४ लाख खोप बेपता भएको पुष्टि गर्नुहोस्

4KNationalDaily
२०७९ असार १, बुधबार १७:३३ बजे

काठमाडौं– कोरोना विरुद्धको २४ लाख खोप बेपत्ताको आरोप पुष्टि गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले चुनौती दिएका छन् ।

प्रतिपक्षी नेकपा एमालेका सांसदले २४ लाख खोप प्रकरणलाई उठाएपछि मन्त्री खतिवडाले आरोप पुष्टि गर्न चुनौति दिएका हुन् ।

संसदमा बजेटमाथिको छलफलका क्रममा सांसदहरुले २४ लाख खोप कता गयो भनेर प्रश्न उठाएपछि मन्त्री खतिवडाले यसको जवाफ आफूले तथ्यसहित धेरै ठाउँमा दिइसकेको र प्रमाण आधारमा मात्रै बोल्न चुनौती दिए ।

‘२४ लाख खोप कता गयो भनेर धेरै प्रश्न उठ्यो । स्वास्थ्य मन्त्रालयको वेबसाइटमा कुन देशबाट के नामको खोप कति आयो ? कुन मितिमा आयो ? भन्ने उल्लेख छ,’ मन्त्री खतिवडाले भने,‘त्यो खोप काठमाडौं सेन्टरमै आएको छ । सिधै नेपालगंज, विराटनगर गएको छैन । यहाँबाट कुन प्रदेश के के नाम गरेको खोप कति गयो, त्यो पनि वेबसाइटमा छ । प्रदेश पनि जिल्लालाई कुन कुन नाम गरेको खोप कति बाँड्यो त्यो पनि छ ।’

नेपालमा हालसम्म ५ करोड ३३ लाख खोप आएको र ४ करोड ८७ लाख डोज लगाइएको उनले जानकारी गराए । अहिले स्टक ४६ लाख ४७ हजार खोप मन्त्री खतिवडाले जानकारी दिए ।

‘यदि २४ लाख खोप मैले कतै घोटाला गरेको हो भने नेपाली उखानहरु चोरले चोरै देख्छ, बदमासले बदमासै देख्छ, सर्पको खुट्टा सर्पले देख्छ भनेजस्तै चुनौतीका साथ भन्छु कुनै पनि प्रदेशमा गएर यो विरोध खतिवडाले दिएको डाटा, स्वास्थ्य मन्त्रालयको दिएको डाटा अनुसार तपाईहरुले खोप पाउनुभएको छ भनेर सोधिदिनुपर्‍यो प्लिज,’ मन्त्री खतिवडाले थपे,’ कुनै पनि प्रदेशमा गएर यो विरोध खतिवडाले वेबसाइटमा राखेको डाटा सहि हो ? खोप पाउनुभएको हो भनेर सोधिदिनु प‍र्यो ।’

‘म आरोपित हुन इच्छुक छु । म झुटो सावित हुनलाई आतुर छु । कृपया त्यति गरिदिनुहोला,’ उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily