+
Search

ताजा अपडेट +

पपुलर +

टेलिकमले थाल्यो एनटीटीभी एपको परीक्षण, निःशुल्क टिभी च्यानल हेर्न सकिने

4KNationalDaily
२०७९ जेष्ठ २६, बिहीबार १८:०० बजे

काठमाडौँ- नेपाल टेलिकमले चौबीसै घण्टा विभिन्न प्रकारका फ्रि टु एयर टेलिभिजन च्यानलहरु निःशुल्क हेर्न सकिने सुविधा भएको ‘एनटीटीभी’ एपको परीक्षण सुरु गरेको छ।

सो एप यही जेठ २४ गतेबाट परीक्षणको रुपमा एन्ड्रोइडको प्ले स्टोर तथा एप्पलको एप स्टोरमा उपलब्ध गराइएको छ।

उक्त एपमार्फत एन्ड्रोइड र आईओएसका मोबाइलहरुमा उपलब्ध रहेका सम्पूर्ण नेपाली टेलिभिजन च्यानलहरु लगायत अन्य विभिन्न टेलिभिजन च्यानलहरु प्रत्यक्ष हेर्न सकिने कम्पनीले जनाएको छ।

यसका लागि नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताहरुले गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरमार्फत ‘एनटीटीभी’ एप डाउनलोड गर्नुपर्छ। यसलगत्तै एपमा आफ्नो मोबाइल नम्बर र ओटीपी कोड राखेपछि सो एप प्रयोग गर्न सकिन्छ।

यसपछि आफूलाई मन परेको च्यानल जुनसुकै डाटा प्याक तथा वाइफाइमार्फत सहजै हेर्न सकिन्छ। एपमा भएका च्यानलहरु हेरेबापत हाल छुट्टै शुल्क तिर्नुपर्दैन।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily