काठमाडौं– काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुंगाबाट स्रोत नखुलेको करिब ४ करोड रूपैयाँसहित मंगलबार बिहान ५ जना पक्राउ परेका छन् ।FG
पक्राउ पर्नेमा ४ जना चिनियाँ नागरिक छन् । उनीहरूको साथबाट ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका-८ बस्ने ४४ वर्षीय फुलबहादुर गुरुङ र ४ जना चिनियाँ नागरिक छन् ।
नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बीएबी ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा कारको डिक्कीमा प्लाष्टिकको बोरामा लुकाएर ल्याएको उक्त नगद फेला पारी चालक गुरुङलगायत ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।K/
प्रतिक्रिया