+
Search

ताजा अपडेट +

पपुलर +

हेलिकप्टरबाट ‘मसला’ बोकेर धार्चे सामुदायिक अस्पताल निर्माण

4KNationalDaily
२०७९ जेष्ठ २२, आईतवार ०९:४९ बजे

गाेरखा- हेलिकप्टरबाट ‘मसला’ बोकेर धार्चे सामुदायिक अस्पतालकाे निर्माण गरिएकाे छ । धार्चे गाउँपालिका-३ खोर्लाबेसीमा १५ शैयाको सामुदायिक अस्पाताल निर्माणको क्रममा हेलिकप्टरबाट ‘मसला’ बाेकेर ढलान कार्य गरिएकाे हाे ।

करिब तीन करोड लगानीमा निर्माण हुन लागेको अस्पताल गाउँपालिकाको ४० र छायाँ नेपालको ६० प्रतिशत लगानीमा निर्माण हुन लागेको हो । अस्पतालको एक र दुई नम्बर ब्लकको भुई तल्ला ढलान र गाह्रो लगाउने काम भइसकेको हाे ।

ब्लक नम्बर ३ र ४ को भुई तल्ला ढलान सम्पन्न गरी गाह्रो लगाउने काम भइरहेको छ । सोहि क्रममा नेपालमा नै पहिलो पटक ‘स्वीङ फ्लाइट्स’ प्रविधि बाट गिट्टी बालुवा घोलेर तयार गरिएको ‘मसला’ हेलिबाट बोकेर अस्पतालको भूइ तल्ला ढलान गरिएको छायाँ नेपालका परियोजना प्रबन्धक सन्तोष सिलवालले जानकारी दिए ।

जेठ १९ गते सिम्रिक एयरको दुई वटा हेलीकप्टरबाट अस्पतालका लागि मसला बोकेर ढलान गरिएको थियो । छायाँ नेपाल र सिम्रिक एयरसँगको सहकार्यमा निशुल्क दुई वटा हेलिले ५० टिप भन्दा बढी मसाला ओसारेका थिए।

https://www.tiktok.com/@gorkhasandeshnp/video/7105616591563279618?is_from_webapp=1&sender_device=pc&web_id=7071617433560532482

सडक सञ्जाल नपुगेको दुर्गम ठाउँमा हेलिकप्टरबाट तयारी निर्माण सामग्री (मसला) लैजान कत्तिको सहज हुनेछ भन्ने परीक्षणका लागि पनि त्यहाँ हेलिकप्टर प्रयोग भएको हाे ।

हेलिकप्टरको प्रयोग सिम्रिएक एयरले सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोग गरेको संस्थाले जनाएको छ । धार्चे सामुदायिक अस्पातल निर्माणका लागि २०७६ साल पुसमा सम्झौता भएको थियो ।

तर कोभिड महामारी, प्राकृतिक विपती, बाढी, पहिरोका कारण सडक अवरुद्ध भएका कारण अस्पताल निर्माणको काममा ढिलाई भएको परियोजना प्रबन्धक सिलवालले बताए । अस्पताल आउँदो पुस मसान्त सम्म निर्माण पुरा गर्नुपर्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily