+
Search

ताजा अपडेट +

पपुलर +

जिसस गाेरखा : माओवादीकाे एकल वर्चश्व, यी हुन् आंकाक्षी !

4KNationalDaily
२०७९ जेष्ठ १९, बिहीबार ०९:५८ बजे

गाेरखा– संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचन भएको एक महिनामा जिल्ला समन्वय समिति (जिसस)को निर्वाचन भइसक्नुपर्छ। सोही व्यवस्थाअनुसार गाेरखामा जिससको निर्वाचन मिति निर्णय गर्ने जेष्ठ २२ गते बैठक डाकिएकाे छ ।

एघार स्थानीय तह रहेकाे गाेरखामा नेकपा (माआवादी केन्द्र)ले जिसस निर्माणका लागि स्पष्ट बहुमत पाएको छ । माओवादीले गाेरखा नगरमा प्रमुख र पालुङटार नगरपालिका प्रमुख र उपप्रमुख, बारपाक-सुलिकाेट, धार्चे, चुमनुव्री, शहिद लखन र अजिरकाेट गाउँपालिकाकाे प्रमुख र उपप्रमुख जितेकाे छ ।

गण्डकी, भिमसेनमा प्रमुख मात्रै जितेकाे माओवादीले जिसस बनाउन बहुमत पाएकाे छ । नेपाली कांग्रेसले आरूघाट र सिरानचाेक गाउँपालिकाकाे प्रमुख, गाेरखा, भिमसेन र गण्डकीकाे उपप्रमुखमा जित हासिल गरेकाे छ ।

तर, माओवादी जिल्ला नेतृत्वले स्थानीय सदस्य निर्वाचन-२०७९ अघि तयारी नगरेका कारण कसलाई प्रमुख तथा उपप्रमुख बनाउने भन्नेमा अन्योल रहेको देखिन्छ ।

जिल्ला तहका नेताका अनुसार जिसस प्रमुख बन्न जिल्लाका चार पालिका सदस्यले लविङ गरिरहेका छन् । कुल २२ मतदाता रहेको जिसस गोरखामा माओवादीसंग १५ मत रहेको छ भने कांग्रेससंग ७ मत छ। राष्ट्रिय स्तरका दलकाे मान्यता पाएका जिल्लाका अन्य तिन दलले भने वडाअध्यक्षमा नै चित्त बुझाउन बाध्य भएका छन् ।

जिसस प्रमुख बन्न अजिरकोटका सनिल परियार, गण्डकीका शिव रेग्मी, बारपाक–सुलिकोटका माेहन ढकाल र गोरखाका माेहन बहादुर थापा मुख्य आंकाक्षी हुन् । स्राेतका अनुसार उनीहरू नेताहरूको दैलोमा ‘लविङ’ गर्न थालेका छन् । उनीहरूले माओवादीका केन्द्रीय स्तरका नेता तथा जिल्ला तहका नेतासम्म लविङ चलाउन थालेका छन् ।

जिल्ला तहका नेताका अनुसार माओवादीले केन्द्रीय स्तरका नेतालाई जिसस प्रमुख बनाउन कांग्रेससंग लविङ गरेको थियो । सत्तारूढ दल कांग्रेसलाई जिसस उपप्रमुख दिएर भएपनि ति नेतालाई जिसस भित्र्याउने माओवादी नेताहरूको तयारी थियो । तर, उक्त स्थानीय तहमा माओवादीको बहुमत नभएकाले पूर्णता पाउन नसकेको ति नेताको दावी छ ।

उनी भन्छन्-‘जिल्ला तहका तथा केन्द्रीय स्तरका नेताले ति नेतालाई जिसस बनाउन कांग्रेसलाई उपप्रमुख दिएर भएपनि भित्र्याउन चाहाना थियो’, नाम नबताउने शर्तमा ति नेता भन्छन् ‘तर, उक्त स्थानीय तहमा माओवादीको बहुमत नभएकाले सम्भव भएन ।’

जिससमा केन्द्रीय स्तरका नेता भित्र्याउन नसकिएपछि माओवादीका नेताहरू कसलाई जिसस प्रमुख बनाउने भन्दै चिन्ता व्यक्त गर्न थालेका छन् । २०७४ को स्थानीय तह निर्वाचनपछि कांग्रेसले एकल रूपमा गाेरखामा जिसस निर्माण गरेको थियो ।

कांग्रेसले जिसस बनाउन पालिका अध्यक्षका आंकाक्षी उम्मेदवारलाई सदस्यमा उठाएर निर्वाचनमा होमिएको थियो । शहिद लखन तथा सिरानचोकका नेतालाई जिसस प्रमुख बनाउन कांग्रेसले तयारी गरेको थियो ।

स्थानीय निर्वाचनमा कांग्रेसले अनेपेक्षित नतिजा हात पारेसंगै जिसस बनाउने सपना चक्नाचुर भएको छ । कांग्रेसले चाहेरपनि गोरखामा जिसस बनाउन सक्दैन । त्यसैले जिसस प्रमुख बन्न माओवादी केन्द्रबाट निर्वाचित सदस्यहरू नेताहरूसंगको दैलोमा लविङ गर्न धाउन थालेका छन् ।

जिल्लामा जिसस निर्माणका लागि जेष्ठ २२ गते बैठक आह्वन गरिएको छ । मतदाता नामवलि प्रकाशन, उम्मेदवारी दर्तालगायतका कामका लागि २२ गते बैठक ठाकिएको हो । स्थानीय तह निर्वाचनकाे नतिजा सार्वजनिक भएकाे ३० दिनभित्र जिसस निर्माण गरिसक्नुपर्ने कानुनी प्रावधान रहेकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily