+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल टेलिकमको फोरजी ग्राहक संख्या एक करोडभन्दा बढी

4KNationalDaily
२०७९ जेष्ठ ८, आईतवार १०:०४ बजे

काठमाडाैं- नेपाल टेलिकमको फोरजी सेवाको ग्राहक संख्या एक करोडभन्दा बढी पुगेको छ । ०७८ चैतको विवरणअनुसार फोरजी ग्राहकको संख्या एक करोड चार लाख २१ हजार नौ सय ७६ पुगेको हो ।

यस अवधिमा कम्पनीका थ्रिजी ग्राहक संख्या ९४ लाख ८२ हजार पाँच सय ८० रहेको छ । समग्रमा कम्पनीका मोबाइल सेवा प्रयोगकर्ता दुई करोड २० लाख ९१ हजार पुगेको टेलिकमले जनाएको छ । बाँकी २१ लाख ८७ हजार दुई सय २९ टुजी प्रविधिका ग्राहक छन् ।

अघिल्लो महिना फोरजी ग्राहक ९८ लाख ९३ हजार र थ्रिजी ग्राहक आधार ९९ लाख ४४ हजार थियो ।

नेपाल टेलिकमले नेपालमा नै पहिलोपटक १७ पुस ०७३ बाट काठमाडौं र पोखरामा सुरु गरेको फोरजी–एलटिई सेवालाई १५ असोज ०७६ देखि आधुनिक प्रविधिमा अपग्रेड गरी देशभर विस्तार गरिरहेको छ ।

कम्पनीले हाल उपलब्ध गराइरहेको फोरजी डेटा सेवामार्फत अधिकतम फाइदा लिनका लागि १८०० तथा ८०० मेगाहर्ज दुवै ब्यान्डमा चल्ने मोबाइल सेट प्रयोग गर्नुपर्छ ।

मोबाइल इन्टरनेटको क्षेत्रमा एलटिई भनिने फोरजी प्रविधि मोबाइलमार्फत उच्च गतिको इन्टरनेटका साथै उच्च गुणस्तरको भ्वाइस कल सेवा पनि उपयोग गर्न सकिने अत्याधुनिक प्रविधि हो ।

यसबाट तीव्र गतिको इन्टरनेट प्राप्त हुने भएकाले गुणस्तरीय श्रव्य–दृश्य सामग्रीहरू, गेमलगायत बढी ब्यान्डविथ आवश्यक हुने सामग्रीहरू सजिलै प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily