+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौंको तारकेश्वरमा निवर्तमान मेयरलाई पराजित गर्दै कांग्रेसका महर्जन विजयी

4KNationalDaily
२०७९ जेष्ठ ३, मंगलवार १०:२० बजे

काठमाडौं– तारकेश्वर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उमेदवार कृष्णहरि महर्जन विजय भएका छन् । उनी ११ हजार ९८८ मत प्राप्त गर्दै बिजय भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी रामेश्वर बोहराले ७ हजार ८०८ मत प्राप्त गरेका थिए । बाेहरा निवर्तमान मेयर हुन् ।

उपमेयरमा कांग्रेसका उम्मेदवार सृजना बुर्लाकोटी विजयी भएकी छिन् । निवर्तमान उपमेयर भवानी डोटेल धिताललाई २ हजार ७०८ मतान्तरले हाउँदै बुर्लाकोटी उपमेयरमा निर्वाचित भएकी हुन् । उपमेयरमा बुर्लाकोटीले १० हजार ७८६ मत प्राप्त गरिन् भने उनकाे निकटतम प्रतिस्पर्धी डोटेलले ८ हजार ६ मत प्राप्त गरिन् ।

तारकेश्वरको ३ वटा वडा बाहेक सबै वडामा कांग्रेस विजयी भएकाे छ । २ वडामा एमालेको प्यानल सहित निर्वाचित भएको छ । कांग्रेसले वडा न ५ वटा वडामा प्यानल सहित निर्वाचित भएको छ । वडा नं ९, ८, ५ र ३ मा कांग्रेस–एमालेको मिश्रित परिणाम आएको छ ।

वडा न. १ काे वडा अध्यक्षमा बिदुर सापकोटा, वडा न. २ मा राधाकृष्ण​ ख​ड्गी, वडा न ३ मा परशुराम अर्याल, वडा न ४ मा नरेन्द्रदास श्रेष्ठ, वडा न ५ मा शम्भु फुयाँल, वडा न ६ मा घनश्याम श्रेष्ठ, वडा न ७ मा सानू काजी खत्री निर्वाचित भएका छन् ।

वडा न ८ मा श्यामकृष्ण सापकोटा, वडा न ९ मा श्यामकृष्ण महर्जन, वडा न १० मा कुमार राइ र वडा न ११ मा कविराज बस्नेत निर्वाचित भएका छन्।

कुल ११ वडा रहेको तारकेश्वरमा ३५ हजार ८२ मतदाता रहेकोमा २६ हजार ७०२ मत खसेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily