+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकी प्रदेशकै कान्छाे वडाध्यक्ष घले चार दलिय गठबन्धनलाई हराउँदै पुन: विजयी

4KNationalDaily
२०७९ जेष्ठ ३, मंगलवार ०८:३८ बजे

गाेरखा– धार्चे गाउँपालिका-६ मा नेकपा एमालेका तर्फबाट वडाध्यक्ष पदका उमेद्वार धनकुमार घलेकाे प्यानल नै बिजयी भएको छ ।

चार दलिय गठबन्धनलाई हराउँदै घलेकाे प्यानलले ५६१ मत ल्याएर बिजयी भएको हाे । घले २०७४ सालमा अत्याधिक मत ल्याएर २३ बर्षकै उमेरमा वडाध्यक्ष बनेका थिए । गण्डकी प्रदेशकै कान्छाे वडाध्यक्ष बनेका थिए।

यस पटक घले बिरुद्ध कांग्रेस, माओवादी, नेकपा (एस) र जसपाकाे गठबन्धन थियाे । गठबन्धनले वडाध्यक्षमा कांग्रेसका मान बहादुर गुरुङलाई उमेद्वार बनाएको थियाे ।

तर, गुरुङ ४ मतान्तरले हारेका छन् । वडाध्यक्ष घलेले ५६१ मत ल्याउँदा गुरुङले ५५७ मत ल्याएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily