+
Search

ताजा अपडेट +

पपुलर +

गठबन्धनलाई हराउँदै घिरिङ गाउँपालिकामा एमालेको जित

4KNationalDaily
२०७९ जेष्ठ २, सोमबार १७:०० बजे

तनहुँ- घिरिङ गाउँपालिकामा सत्ता गठबन्धनलाई पराजित गर्दै एमालेका होमबहादुर थापा अध्यक्षमा निर्वाचित भएका छन् ।

उनले चार हजार ३३१ मत पाए । सत्ता गठबन्धनको तर्फबाट अध्यक्षका उम्मेद्वार बनेका कांग्रेसका गंगाराम कुमाल ७७७ मतान्तरले पराजित भए । कुमालले तीन हजार ५५४ मत पाए ।

उपाध्यक्षमा पनि एमालेकी राधादेवी अधिकारी फराकिलो मतान्तर विजयी भएकी छन् । उनले एकीकृत समाजवादीका पूर्णबहादुर थापालाई एक हजार ७३४ मतले पराजित गरिन् । अधिकारीले चार हजार ४८१ र थापाले दुई हजार ७४७ मत पाएका छन्।

घिरिङमा शुक्रबार भएको मतदानमा ५९.४० प्रतिशत मत खसेको थियो । १४ हजार ६७६ मतदाता रहेको घिरिङ गाउँपालिकामा आठ हजार ७१७ मतदाता मतदानमा सहभागी भएका थिए। यहाँ एमाले भर्सेस कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धन थियाे ।

वडातर्फ १ र ५ मा कांग्रेस विजयी भएको छ । बाँकी तीन वडामा एमालेका उम्मेद्वार विजयी भए । घिरिङ गाउँपालिका–१ मा कांग्रेसको प्यानल विजयी भएको छ ।

वडाध्यक्षमा रवीचन्द्र घोरासिनी एक हजार १२८ मत प्राप्त गरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेका विष्णुप्रसाद ढकालले ९१२ मत प्राप्त गरे ।

घिरिङ-२ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा एमालेका नरबहादुर थापा एक हजार १७ मत प्राप्त गरी निर्वाचित हुँदा प्रतिस्पर्धी कांग्रेसका विष्णुवीर थापाले ५७ मत प्राप्त गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily