+
Search

ताजा अपडेट +

पपुलर +

लमजुङको दुधपोखरी गाउँपालिकामा गठबन्धन विजयी, अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादी

4KNationalDaily
२०७९ जेष्ठ २, सोमबार ०८:२८ बजे

लमजुङ- लमजुङको दूध पोखरी गाउँपालिमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेस उम्मेदवार धनप्रसाद गुरुङ ३,०६५ मतका साथ विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले) उम्मेदवार तेजबहादुर गुरुङलाई १,०४१ मतान्तरले पराजित गरेका हुन् ।

पराजित तेजबहादुर गुरुङले २,०२४ मत ल्याएका छन् ।

उपाध्यक्षमा गठबन्धनका माओवादी उम्मेदवार क्षेत्र बहादुर गुरुङ २५६८ मतसहित विजयी हुँदा एमालेकी कृष्णा गुरुङले १७७४ मत प्राप्त गरेकी छन् ।

वडा १ मा कांग्रेसका दुर्गामान गुरुङ वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनले ४ सय ८१ मत ल्याउँदा प्रतिद्वन्द्वी एमालेका गजबहादुर गुरुङले ४ सय २६ मत ल्याएका छन् ।

वडा २ मा माओवादी केन्द्रका अमर गुरुङ ६ सय ६८ मत ल्याएर वडा अध्यक्षमा विजयी भएका छन् । प्रतिद्वन्द्वी एमालेका धर्मदत्त दवाडीले २ सय ६९ मत ल्याएका छन् ।

वडा ३ मा स्वतन्त्रका श्याम गुरुङ २ सय २८ मतका विजयी भएका छन् । निकटम माओवादी केन्द्रका उम्मेदवार औतराम तमाङले २ स २४ मत ल्याएका छन् । प्रतिद्वन्द्वी एमालेका मानबहादुर घलेले ८१ मत ल्याएका छन् ।

वडा ४ मा कांग्रेसका उम्मेदवार ओमबहादुर गुरुङ ४ सय ३४ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका हुन् । प्रतिद्वन्द्वी एमालेका प्रीतम गुरुङले २ सय ४० मत ल्याएका छन् ।

वडा ५ मा एमालेका दलबहादुर गुरुङ ४ सय ८ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी कांग्रेसका नरबहादुर गुरुङले ३ सय ४३ मत पाएका छन् ।

वडा ६ मा कांग्रेसका मनिष गुरुङ ७ सय ४ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी एमालेका धनप्रसाद गुरुङले ६ सय ११ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily