+
Search

ताजा अपडेट +

पपुलर +

गोरखा नगरपालिका १-२ : कांग्रेसकाे प्यानल नै बिजयी

4KNationalDaily
२०७९ बैशाख ३१, शनिबार १७:३१ बजे

गाेरखा- गोरखा नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार रहमतुल्ला मियाँ बिजयी भएका छन् ।

उनी दोस्रो कार्यकालका लागि वडा अध्यक्ष निर्वाचित भएका हुन् । उनले पाँच सय ७६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेकावडा अध्यक्षले ४१४ मत प्राप्त गरे ।

अन्य चार जना सदस्यमा पनि नेपाली कांग्रेसका उम्मेदवारहरु बिजयी भएका छन् । २०७४ काे निर्वाचनमा पनि उनले नै याे वडा जितेका थिए ।

वडा नम्बर १ मा कांग्रेस बिजयी भएको छ । वडा अध्यक्ष हिक्मतबहादुर कुँवर दोस्रो कार्यकालका लागि वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनले ४९२ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्द्धी माओवादी केन्द्रका उम्मेदवारले ३७१ मत ल्याएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily