गाेरखा- सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबीको १२ लाख ५७ हजार पाँच सय रकम भुक्तानी गरेको छ ।
आम मानिसमा जीवन बीमा प्रति सकारात्मक धारणा निर्माण एवं बीमा कम्पनीप्रतिको बिश्वास अभिबृद्धि गर्ने प्रयास स्वरुप धार्चे गाउँपालिका-३, उहिंयाका ढुङला निवासी बिमित पुरमान गुरूङका परिवारलाई उक्त रकम हस्तान्तरण गरेको हो ।
उक्त मृत्यु दाबी रकम सन नेपाल लाइफका गाेरखा इन्चार्ज मिलन न्याैपानेले मृतकको ईच्छाएको व्यक्ति एवं श्रीमती धनकुमारी गुरुङलाई प्रदान गरेका हुन् ।
लाइफका न्याैपानेले मृत्यु दाबी भुक्तानी कार्यलाई कम्पनीले उच्च प्राथमिकतामा राखेको फलस्वरुप कम्पनीमा आवश्यक कागजात प्राप्त भएको केहि दिनभित्रै दावी भुक्तानी गर्न सफल भएको बताए ।
उक्त रमक हस्तान्तरणमा स्थानीय तथा अभिकर्ता विरकाजी गुरूङको समेत उपस्थिति रहेको थियो । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उहियामा जिवन विमा गर्दा सजिलोसंग मुत्यू दावी भुक्तानी भएकाले स्थानीयहरू खुसी भएका छन् ।
जिवन रहदा पनि नरहेदा पनि विमाले परिवारलाई आर्थिक रूपमा सम्पन्न बनाउँदै लैजाने भएकाले विमा अपरिहार्य रहेको भन्दै विमा गर्न इच्छुक रहेको स्थानीयको भनाई रहेको थियो ।
प्रतिक्रिया