+
Search

ताजा अपडेट +

पपुलर +

अजिरकोट कांग्रेस : ‘मुक्का हाने’पछि जिल्लाबाट लगेको टिकट खोसियो

फाइल तस्बिर
लीलाधर काेइराला
२०७९ बैशाख १५, बिहीबार १९:४६ बजे

गोरखा– गोरखा नगरपालिकामा मेयरको टिकट विश्वदेव श्रेष्ठले ल्याएपछि टिकट वितरणमा असन्तुष्ट रहेका काँग्रेसका युवाहरूले श्रेष्ठमाथि हातपात नै गरे ।

काँग्रेस भित्रका पुराना नेताका रूपमा चिनिएका श्रेष्ठले टिकट पाएपछि सबैभन्दा कमजोर मान्छेलाई टिकट दिइएको भन्दै असन्तुष्ट पक्षले गोरखा बजारको बैंक रोडमा फोटो खिचिरहेका श्रेष्ठमाथि आफ्नै कार्यकर्ताबाट आक्रमण भयो । त्यसपछि मेयरको टिकट महासमिति सदस्य राजनराज पन्तले पाए । उनले उम्मेदवारी दर्ता गरी चुनावी प्रचार प्रसारमा समेत लागिसकेका छन् ।

यस्तै भएको छ अजिरकोट गाउँपालिकामा पनि । अजिरकाेट गाउँपालिकामा कांग्रेसबाट पालिका अध्यक्षको मुख्य दाबेदार थिए- वडा न ४ का वडाध्यक्ष जङ्गबहादुर गुरुङ । कांग्रेसकाे राजनीतिमा एक दशकअघि मात्रै प्रवेश गरेका गुरुङ पालिका अध्यक्षमा बलिया दाबेदार थिए । तर पालिकाको टिकट क्षेत्रीय सभापति गाेविन्द्र गुरुङले हात पारे ।

पालिकाको टिकट नपाएपछि उनै गुरुङ वडाध्यक्ष बन्न तयार भएका थिए । कारण हो- पछिल्लो पाँच वर्षमा सिम्जुङमा राम्रो काम गर्न सफल भएकोले अब पालिकाको दाबी गर्छु । एक कुराकानीमा पनि उनले अब वडामा भन्दा पनि पालिकाको अध्यक्ष बन्न इच्छा भएको बताएका थिए ।

पालिकाको टिकट नपाएपछि उनी वडाको टिकटसमेत फुत्किएको तब चाल पाए जब मनोनयन दर्ता गर्न समय सकिन लागेको थियो । उनले पाउने टिकट अर्कै सदस्यले पाएपछि उनले टिकट मागे । कारण पनि के हो भने उनी पालिका सभापतिसमेत हुन् । पालिका सभापतिले नै टिकट मागेपछि वडाध्यक्षे टिकट जिल्लाबाट ल्याएका मित्रनाथ दवाडीले दिए ।

काँग्रेसका नेताहरूका अनुसार पालिका सभापति गुरुङले टिकट देखेपछि च्यातिदिए । अझ उनलाई हातपातसमेत गर्न लागाईयाे । उनलाई हातपात गरेपछि उनी भच्चेकबजारमा असुरक्षित भएको भन्दै गोरखा बजार झरे । गोरखा झरेपछि शान्ति सुरक्षाको ग्यारेन्टीका लागि उनले जिल्ला प्रहरी कार्यालय गोरखामा निवेदनसमेत दिए । जिल्ला पार्टी कार्यालयमा समेत निवेदन दिए ।

काँग्रेस भित्र पछिल्लो समय पैसा र शक्तिका आठमा राजनीतिमा उदाएका र राजनीति गर्न तम्सिएका टोली र काँग्रेसका पुराना नेतावीच चर्को मतभेद र प्रतिस्पर्धासमेत चल्न थालेको छ । कांग्रेसको १४औँ महाधिवेशनमा समेत यस्तै भएको थियो । काठमाडौँमा बसेर विचौंलिया र ठगी धन्दामा सक्रिय भएका उम्मेदवारले कांग्रेसको आन्तरिक निर्वाचनमा जित हात पारेका थिए । पछिल्लो समय जिल्लाका प्राय स्थानीय तहमा पैसाकै आडमा राजनीति गर्नेहरू र पुराना काँग्रेसका नेताबीच चर्को द्वन्द्व चर्किएको छ ।

यस विषयमा वडाध्यक्षका उम्मेदवार गुरुङसँग सम्पर्क हुन सकेन ।

स्रोतका अनुसार वडाध्यक्षे टिकट दवाडीले राजनीतिक शक्ति केन्द्रको आडमा पाएको र उनले टिकट पाए पनि जित्न नसक्ने भएकाले सामान्य भनाभन भएको दाबी छ ।

एक नेता नाम नबताउने सर्तमा भन्छन्- दवाडीले राजनीतिक शक्ति केन्द्रको आडमा टिकट ल्याएका रहेछन् । उनले टिकट पाए काँग्रेसले जितेको वडा गुम्ने खतरा कायम भयो । त्यसैले केटाहरूसँग भनाभन भएको चाहिँ हो । तर उहाँलाई कसैले पनि हातपात गरेन ।’

प्रतिक्रिया

लेखकको बारेमा

लीलाधर काेइराला