गाेरखा- आफ्नो गाउँ बनाउने हुटहुटि बोकेर पुर्ब प्रधानाध्यापक कृष्ण लामिछानेले वडा अध्यक्षमा उम्मेदवारी दिएका छन्। जनता समाजवादी पार्टी (जसपा)बाट शहिद लखन गाउँपालिका-९, नाम्जुङकाे वडाअध्यक्षमा उम्मेदवारी दिएका हुन् । उनले क्यानाडाकाे बसाइ छाेडेर गाउँ बनाउन वडाअध्यक्षमा उम्मेदवारी दिएका हुन् ।
समाजका परिचीत ब्यक्ति, सकारात्मक सोचका धनी, बौद्धिकताको हिसाबले पनि उनी अब्बल उम्मेदवार हुन् । २० बर्ष नामजुङको ख्यातिप्राप्त विद्यालयमा शिक्षक रहेका उनी राजिनामा दिएर राजनीतिमा हाेमिएका हुन् । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका लामिछाने जनशक्ति माध्यमिक बिद्यालय नाम्जुङका प्रधानाध्यापक समेत थिए ।
शिक्षण पेसाको साथै बेलायत, अमेरिका र क्यानाडाजस्ता विकसित देशमा भएको पुर्वाधार बिकाश र सार्वजनिक सेवा प्रदायक निकायले दिने सर्वशुलभ सेवा कसरी दिन सकिन्छ भन्ने ज्ञान समेत भएकोले उनले आफ्नो गाउँ बनाउने याेजना अघि सारेका छन् ।
विकसित देशमा सिकेको ज्ञान सिपलाई आफ्नो ठाउँमा नै उपयोग गर्ने उदेश्यले क्यानडा बसाइ सकेर नेपाल फर्किएका उनी नाम्जुङकाे वडाअध्यक्ष बन्न उम्मेदवारी दर्ता गराएका छन् । नाम्जुङ बनाउने सङ्कल्प, उनको बैदेशिक अनुभबलाई जनता माझ लग्ने कुराले नाम्जुंङबासि उत्साहित भएका छन् ।
शैक्षिक र सामाजिक स्तर भएको ब्यक्ति वडाअध्यक्षमा आउनुले समग्र देशकै राजनैतिकज्ञलाई सकारात्मक सन्देश दिने स्थानीयकाे बुझाइ छ । ‘चुनाव जित्नलाई प्राथमिकता भन्दा जनताबाट इमानदार भोटको अपेक्षा गर्ने र स्थानीय तहमा सकारात्मक सोच/ चेतना प्रबाह गर्न उदेश्य सहित उम्मेदवार बनेकाे उनकाे दावी छ ।
प्रतिक्रिया