+
Search

ताजा अपडेट +

पपुलर +

स्थानीय निर्वाचन: ३५ हजार पदका लागि डेढ लाख उम्मेदवार

4KNationalDaily
२०७९ बैशाख १४, बुधबार ०९:३१ बजे

काठमाडौँ- देशभरका स्थानीय तहका विभिन्न पदमा १ लाख ५० हजार ४९४ जनाको उम्मेदवारी परेको छ।

कूल ३५ हजार २२१ पदका लागि वैशाख ३० गते हुन लागेको निर्वाचन सो संख्यामा उम्मेदवारी परेको हो। यो सङ्ख्या मंगलबार राति ८ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएको छ।

निर्वाचन आयोगका अनुसार प्रमुखमा ३ हजार ४६६, अध्यक्षमा ३ हजार ३७८, उपप्रमुखमा २ हजार १३६ र उपाध्यक्षमा २ हजार ३९२ को मनोनयन परेको छ ।

यसैगरी वडा अध्यक्षमा ३४ हजार ९४३, महिला सदस्यमा २६ हजार ६३, दलित महिला सदस्यमा २३ हजार ४७० र वडा सदस्यमा ५४ हजार ६४६ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ।

‘अब लगभग अन्तिम सूची जस्तै हो’, निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधबार बिहान ७ बजे ​नेपालखबरसँग भने, ‘कुनै कुनै स्थानको मात्र आउन बाँकी छ।’

तर यसको अन्तिम सूची प्रकाशन गर्न बाँकी रहेको उनले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily