+
Search

ताजा अपडेट +

पपुलर +

गाेरखामा विश्वदेवकाे टिकट खाेसियाे, नयाँ उम्मेदवार राजनराज पन्त

4KNationalDaily
२०७९ बैशाख १२, सोमबार १५:१९ बजे

गाेरखा- गाेरखा नगरपालिकाकाे मेयरमा पुन राजनराज पन्तले टिकट पाएका छन् ।

कांग्रेस गाेरखाका महासमिति सदस्य रहेका पन्तले निकै कसरत पछि फेरि टिकट पाएका हुन् । पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे निकट भनिएर चिनिएका पन्तले उनै पाण्डेका कारण टिकट फुत्तकिएकाे चर्चासमेत चलेकाे छ ।

यसअघि गण्डकी प्रदेश कार्यसमितिका महामन्त्री किरणबाबु श्रेष्ठ निकटका विश्वदेव श्रेष्ठलाई नगरपालिकाकाे मेयरकाे उम्मेदवार बनाएकाे थियाे ।

मेयरकाे टिकट श्रेष्ठ पक्षलाई  दिएकाे भन्दै जिल्ला पार्टी कार्यालयमा पनत निकटका समुहले ताला लगाएकाे थियाे । यसअघि मेयरका उम्मेदवार श्रेष्ठलाई यूवाहरूकाे समुहले समेत कुटेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily