गोरखा– गोरखा बहुप्राबिधिक शिक्षालयका शिक्षालय प्रमुख (प्रिन्सिपल) ई. प्रदीपराज बसाैंलाकाे ‘दादागिरी’ सतहमा आएको छ । सोमबार स्टिमेन्ट एन्ड क्वष्टिङ तेस्रो विषयमा अध्ययनरत विद्यार्थीले शिक्षालय प्रमुख बसाैंलाकाे दादागिरीका कारण तालाबन्दी गरेका छन् ।
तेस्रो विषयमा अध्ययनरत विद्यार्थीले परीक्षाको प्रश्न पत्र बिग्रिएको तर प्रशासनले बेवास्ता गरेको भन्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
शिक्षालय प्रमुख कार्यालयमा नबस्ने, प्राय काठमडाैंलगायतका ठाउँमा बस्ने, विद्यार्थीको समस्यामा बेबस्ता गरेको, उल्टै हप्काएर पठाएको, छोटो अवधिको तालिम गर्ने गरेको भन्दै शिक्षालय प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
शिक्षालय प्रमुख बसौँला केही समय अघि पालुङटार आएका थिए । जिल्लाको पुरानो र जिल्ला सदरमुकाम बाहिर पालुङटार नगरपालिकामा रहेको बहुप्राबिधिक शिक्षालयमा उनको दादागिरी सहन नसकेर विद्यार्थीहरूले तालाबन्दी गरेका हुन्।
प्रश्न पत्र बिग्रिएको छ भनेर पटक पटक प्रशासनलाई जानकारी गराउँदा पनि बेवास्ता गरेकाले आफूहरूले ताला बन्दी गर्नुपरेको बिद्यार्थीहरूकाे गुनासो थियो ।
‘क्याम्पस प्रमुखको कार्यकक्षमा प्रश्न पत्र गलत छ भनेर जाँदा प्रशासनले हप्काएर बाहिर निकाल्यो’, एक विद्यार्थी भन्छन् ‘विद्यार्थीहरूको भविष्यमाथि नै खेलबाड गरियो ।’ प्रशासन विद्यार्थीहरूको सहजताका लागि भन्दा पनि प्रशासनिक सर्तमा लागेका कारण आफूहरू समस्यामा परेको विद्यार्थीहरूको गुनासो छ ।
यता शिक्षालयका प्रमुख बसौला प्रश्नपत्रकाे करेक्सन म्यासेज नआएको दाबी गर्छन् । तर सम्बन्धित शिक्षकलाई बोलाएको तर बाहिरी सुपरिवेक्षकलाई करेक्सन म्यासेज नआएकाले समस्या भएको उनी स्वीकार गर्छन्।
भन्छन्- प्रश्न पत्र गलत प्रिन्ट भएको रहेछ, सम्बन्धित शिक्षकलाई बोलाएको तर बाहिरी सुपरिवेक्षकलाई करेक्सन म्यासेज नआएकाले कसैलाई पनि जानकारी नभएर प्रश्न पत्र करेक्सन गर्न नसकिएको हो।’ उनले प्रश्न गलत भएकाले विद्यार्थीहरूले जुन डाटा अनुसार प्रश्नको हल गरेका छन् सोही अनुसार प्रश्न करेक्सन गर्नका निम्ति सहजिकरण गर्ने बताए ।
सिटिभिटि परीक्षा नियन्त्रण कार्यालयका उप नियन्त्रक पुष्प पौडेलका अनुसार परीक्षा नियन्त्रण कार्यालयले सबै परीक्षा शाखामा एकैचोटी करेक्सन म्यासेज पठाएको दाबी गर्छन् । भन्छन्- ‘पालुङटारमा मात्र करेक्सन म्यासेज नगएको भन्ने नहुन सक्छ ।’
प्रतिक्रिया